समनपुर,५ माघ / रौतहटको गढिमाई नगरपालिकाले आफना मनोमानी वडा नं ४ गम्हरीयामा सडक अतिक्रमण गरेर नै एउटा गेट निर्माण गरेको पाईएको छ । नगरपालिकाद्धारा गम्हरीयामा अस्पताल अगाडि सडक अतिक्रमण गरेर नै उक्त अस्पतालको गेट निर्माण गरिएको देखिएको छ ।
नगरपालिकाले वडाअध्यक्षको असहमतिको बावजुद ११ हजार भोल्ट रहेको नाङगो तारमुनी सडक अतिक्रमण हुने गरी उक्त अस्पतालको गेट निर्माण गरेपछि स्थानीयहरुले विरोध गर्न थालेका छन । गेटको टुप्पोमा ११ हजार भोल्ट क्षमता भएको तार छुईएको हुंदा उक्त गेट अव्यवस्थित र असुरक्षित रहेको भन्दै वडाअध्यक्ष देखी लिएर स्थानीयहरुले गेटलाई सडक र तारभन्दा अलि पर सार्न माग गरेका छन । ११ हजार भोल्टको तार गेटमाथी नै छोइएर गएपछि जतिखेर पनि ठुलो मानवीय क्षति हुन सक्ने खतरा रहेकोले उक्त गेटलाई अलि पर सार्न समाजसेवी मोहम्मद मुनाले नगर प्रमुख श्याम यादवसँगलाई आग्रह गरेका छन । यस विषयमा मेयर श्याम यादवसंग प्रतिक्रिया लिदा नगरपालिकाबाट उपभोक्ता समितिद्धारा उक्त गेट निर्माण गरिएको बताएका छन । उपभोक्ता समितिले निर्माण गरेको सो गेट आफुले अहिलेसम्म हेर्न पनि नसकेको मेयर यादवले बताए । गेटको विषयमा आफुले दुई दिन भित्रमा अनुगमन गर्ने र अनुगमन पछि मात्रै केहि भन्न सकिने उनले बताए । यता स्थानिय तारको त्रासमा छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here