चन्द्रपुर,१२ माघ । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद बस्तु फेला परेको छ ।
चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडी एउटा ब्याग र बोरा बिहानै बाट देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद बस्तु रहेको स्थानलाई घेरा हालेर राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद बस्तु भएको स्थानमा सर्बसाधारणलाई जान दिईएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here