धनुषा,१२ माघ / धनुषामा तस्करी ह्वात्तै बढेको छ । प्रहरीले तीन दिनमै भारतबाट नेपाल र नेपालबाट भारत तस्करी गर्न खोजिएको ११ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ ।
शनिबार साझ प्रहरीले मुखियापट्टी मुसहरनिया गाउ“पालिका २ बाट २५ बोरा मरिच (६ क्विन्टल २५ किलोग्राम) बरामद गरेको छ ।
ज १ च १९६३ नम्बरको म्याजिक भ्यानमा राखेर भारततर्फ लैजांदै गरेको मरिच चेकजांचका क्रममा बरामद भएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
तस्करी भइरहेको विशेष सूचनाका आधारमा मुखियापट्टी मुसहरनियादेखि भारततर्फ जाने सडकमा चेकप्वाइन्ट राखेर उक्त म्याजिकलाई मरिच, १० कार्टुन चाउचाउ र अर्को १० कार्टुन चिजवल सहित नियन्त्रणमा लिइएको हो । म्याजिक चालक महोत्तरीको एकडारा गाउपालिका १ का २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार विदेह नगरपालिका २ दुहबी बजारबाट २ लाख ६५ हजार ६ सय रुपैया बराबरको विभिन्न लत्ताकपडा पनि बरामद गरेको थियो ।
तर तस्करलाई पक्राउ गर्न नसकिएको दुहबी प्रहरी चौकीले जनाएको छ । बुधवार पनि प्रहरीले जनकनन्दनी गाउपालिका–२ बल्हा टोलबाट ५५ हजार ७ सय रुपैया“ बराबरको तस्करी गर्न लागिएको सामान बरामद गरेको थियो ।
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ५० किलोग्राम मरिच र २५ किलोग्राम हरियो केराउ बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here