चन्द्रपुर,१२ माघ / मानबिय कमजोरीको कारण प्रदेश २ मा अन्य प्रेदशको तुलनामा सवारी दुर्घटना बढदै गएको बताईएको छ । यस आर्थिक बर्षको साउन देखी पुस महिना भित्र बिभिन्न जिल्लामा भएको पांचसय २७ सवारी दुर्घटनामा परेर दुई सय ४१ जनाको मृत्यु भएको छ ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले दुर्घटनाहरुमा परेर सातसय ८८ जना गम्भिर घाईते भएको जानकारी दिएका छन । दुर्घटनाहरुमा सबभन्दा बढी ट्रक,ट्रयाक्टर र मोटरसाईकल रहेको एसपी महतोले तराई एक्सप्रेसलाइ बताएका छन ।
दुई सय ५४ चालकको लापरवाही,दुई सय दुई तिब्रगती,१६ ओभरलोड,१२ मापसे, आठ यात्रुको गल्ती,१६ याीक गडबडी,१० सडकको अवस्था,चार मौषमको कारण,र एक चौपायाको कारण ६ महिना भित्र सो दुर्घटना भएको हो ।
तिब्रगतीमा चलाउने मोटरसाईकल चालकले हेल्मेट प्रयोग नगर्ने,ट्रक र ट्रयाक्टर पनी तिब्रगतीका कारण अत्यधिक दुर्घटना हुने र दुर्घटनामा परेर मृत्यु हुने तथा गम्भिर प्रकृतीको घाईते हुनेगरेको उनको भनाई छ । त्यसैगरी मानबिय कारणमा ट्रयाक्टरको पछाडी नम्बर प्लेट नहुनु, हाल दिनभरी हस्ुसु लाग्नु,लागुपदार्थ सेवन,सवारी अनुमतीपत्र नहुनु, जनचेतनाको अभाव पनी दुर्घटनाको अर्को कारण रहेको एसपी महतो बताउछन ।
जनशक्ती कमीको कारण प्रदेश २ मा १३ हजार ब्यत्तीलाई एकजना ट्राफिक प्रहरीले उठाउनु पर्ने र एकजना ट्राफिक प्रहरीको भागमा १२ किलोमिटर सडकको जिम्मा रहेको उनले बताए ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुखको रुपमा बारा पथलैया स्थित कार्यालयमा गत १४ गते आफु हाजिर भएपछी ट्राफिक गतीबिधीमा निकै सुधार भएको एसपी महतोले बताए ।
प्रदेश २ मा ट्राफिक नियम बिपरित चल्नेगरेका सवारी साधनलाई बिगतमा दैनिक पांच सयको हाराहारीमा कार्यवाही हुनेगरेकोमा हाल कार्यवाहीको संख्या दैनिक आठसय सम्म पुगेको उनले जानकारी दिएका छन ।
कार्वाहीमा बिगतमा दैनिक बढीमा तिनखाल २५ हजार सम्म राजश्व संकलन हुदैआएकोमा हाल बृद्धीभई दैनिक बढीमा पांचलाख ३२ हजारसम्म संकलन भएको महतोको भनाइ छ ।
पुस १४ यता प्रदेश २ को बिभिन्न जिल्लामा गरी ट्राफिक नियम पालना बारे दुईसय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम गरीसकेको ट्राफिक प्रहरी प्रदेश कार्यालय पथलैयाले जनाएको छ ।
आंउदा दिनमा चेतनामुलक कार्यक्रम थपप्रभावकारी बनाउन प्रदेशको सबै जिल्ला ट्राफिक कार्यालयद्धारा बजार,बिधालय लगायत सार्वजनिक स्थानहरुमा प्रोजेक्टर मार्फत सञ्चालन गर्ने योजना रहेको छ ।
त्यसको लागी प्रोजेक्टर,ल्यापटप,लगायतका उपकरण खरीमा सहयोग गर्न बारा र रौतहटमा दुईजना दाताले सहयोग गर्ने प्रतिवद्धता जनाई सकेको ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here