चन्द्रपुर,१७ माघ । रौतहटको वन अतिक्रमण तिब्र रुपमा बढेको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ चासो नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । जिल्लाको बृन्दावन नगरपालिका वाडनं १ को बलेरीमा जंगल अतिक्रण गरेर घर बनाउने क्रम बढेको हो ।
केही बर्ष पहिला सुकुम्बासीको नाममा जंगल फंडानी गरेर भोटेटोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको हो ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको मलेरीमा रहेको वन कार्यलयका कर्मचारीको मिलेमतोमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको स्थानीयले जानकारी दिएका छन् ।
केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर बृक्षरोपण गरेको स्थानमा धमाधम घर बनाउदा समेत सम्बन्धीत निकायले कुनै वास्ता नगरेको स्थानीय बासिन्दा सन्तोष पटेलले बताए ।
जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घर टहरा बनाउने क्रम रोकिन सकेको छैन ।
सुकुम्बासीको नाममा बिभिन्न स्थानमा जग्गा जमिन भएकाहरुले समेत जंगलमा घर टहरा बनाउने क्रम रोकिन सकेको छैन । यता जिल्लाको चन्द्रपुर नगरपालिकाको बेतौनामा समेत जंगल मासिएको र बृक्षारोपण गरेको स्थानमा बिस्तारै घर टहरा बनाउने क्रम बढदै जान थालेको स्थानीयको भनाइ रहेको छ । राजनैतिक दलको संरक्षणका कारण अतिक्रमण वनको जमिन खाली गराउन समस्या भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहको भनाइ रहेको छ ।
वनको जमिन अतिक्रिण गरेर खेती योग्यो जमिन बनाउने र घर टहरा बनाउदा समेत वन कार्यालयले नियन्त्रण गर्न नसकेको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here