चन्द्रपुर,१७ माघ ।
रौतहटको चन्द्रपुर नगरपालीकामा बिहिबार स्मार्ट सिटि बिल्डर्स प्रालिको उद्धघाटन गरीएको छ ।
नगरपालीकास्थित वडा नम्बर ४ मा मुख्य कार्यालय स्थापना गरेको स्मार्ट सिटि बिल्डर्स प्रालीको उद्योग वाणिज्य संघ चन्द्रपुर नगरपालीकाका अध्यक्ष सुनिल कुमार जैसवालले उद्धघाटन गरेका हुन ।
सुरक्षित आवास र ब्यवस्थित सहरको सिद्धान्तमा काम गर्ने यस संस्थाले घर, अफिस जस्ता कुनैपनि भौतिक संचरनाका लागी परामर्श दिनुका साथै मिस्त्रि सहितका दक्ष जनशक्ति उपलब्ध गराउने बताएको छ ।
संस्थाका प्रमुख मोहन राउतले यस बिल्डर्स आधुनिक सहर निर्माणमा क्रियाशिल रहने दाबी गरेका छन् । । उद्धघाटन समारोहमा स्थानिय ब्यवसायी तथा निर्माणसम्बन्धि पेशाकर्मीहरुका साथै सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here