चन्द्रपुर,१९ माघ / रौतहटको चन्द्रपुर–३ गैडाटारमा श्रीकृष्ण प्रणामी मंन्दिर निर्माणको लागि शिलान्यास गरिएको छ । निर्बाचन क्षेत्र नम्बर ४ को स्थानीय पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत मंन्दिर निर्माण कार्यको शुभारम्भ गरिएको हो । प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले शिलान्यास गर्नुहुदै धार्मीक र सास्कृति सम्पदाको संरक्षण र निर्माणमा आफुले जोड दिएको बताउनु भयो । नागरिक लाई धर्मले जोडने र सदभाब कायम गराउने भएकाले पनि आफुले धर्म र सस्कृतिको रक्षात योजना बनाएको बताउनु भयो । उक्त मंन्दिर निर्माणको लागि १० लाख बजेट बिनियोजन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here