चन्द्रपिनगाहपुर,२५ माघ । रौतहटको चन्द्रपुर नगरमा रहेका नेवार समुदायले भिं द्धादशीको भेला सम्पन्न भएको छ । चन्द्रनिगाहपुर स्थित चांदी पुलमा रहेको भिमसेन मंन्दिर परिसरमा भएको भेलाले बिभिन्न निर्णय गरेको छ । भेलाले अमृत श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेवार संस्कृती जर्गेना गर्ने उदेश्यले समिति समेत गठन गरेको युभास श्रेष्ठले जानकारी दिएका छन् ।
रौतहट जिल्लाभरी छरिएर रहेका नेवार समुदायलाई संगठित गरी आफ्नो भाषा ,कला ,संस्कृतीको जगेर्ना गर्नका लागि भेलाको आयोजना गरिएको थियो ।
आउदो फागुन ३ गते चन्द्रनिगाहपुरमा जिल्लाभरका नेवारको भेला आयोजना गरेर नेवा देय,दवु र मिसा देय गठन गर्ने तयारी भएको नेवा देय दकु सदस्य मनमोहन सुन्दर श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here