गौर,२८ माघ / सिमामा परिचालित प्रहरीकै मिलेमतोमा रौतहटका बिभिन्न नाकाबाट तस्करी बढेको स्थानीयको भनाइ रहेको छ ।
शनिबार राती रौतहटको एक नाकाबाट तस्कर र तस्करी गरेर भारत लान लागेको केराउ पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयबाटै प्रहरी आउने अवस्था आउनुले समेत सिमाबाट प्रहरी सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी बढेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लाको लक्ष्मीपुर बेलविछवा, बन्जरहा, मठिया र बंकुल नाकाको सुरक्षा जिम्मा लिएर डिउटी बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा नेपाल भारतबीच खुला रहेको सीमाको दुरुपयोग गर्दै दैनिक ठुलो परिमाणमा कालो कारोबार हुने गरेको स्थानीयको खावी छ । भन्सार छली गरिने त्यस्तो कारोबारमा व्यापारीदेखि लिएर सीमा वारिपारि सामान किनबेच गर्ने महिला तथा पुरुषहरू अहिले दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, चिनी, खानेतेल, कपडा, महँगा मोटरपार्टस्का सामानहरू, चप्पल, स्टिलका पार्टपुर्जाहरू नेपालतर्फ भन्सार छलेर भित्राउने कार्यमा सक्रिय रहेका छन् ।
नेपालबाट भारततर्फ रक्सी, अलैंची, केराउ, छोकडा, चाउचाउ, गुट्खा, चुरोट, टुथपेस्ट, विभिन्न क्रिमहरूको तस्करी भइरहेको बंकुलका एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपि खडकाले आफूले कमान्ड सम्हालेको करिब महिना दिनको अवधिमा भारतीय नम्बरवाला गाडी, मदिरा, कपडा, खाद्यान्न गरी करिब एक करोड बढीभन्दा बढीको मालसमान बरामद गरेको तथा केही तस्करहरूलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको बताए । उनले स्थानीय तस्करहरूसंग मिलेका प्रहरीहरूलाई पनि कडा कारबाही गरिने बताए पनि तस्करी नियनत्रणमा आउन सकेको छैन । त्यस्तै, सशस्त्र प्रहरीको ११ नम्बर गण प्रमुख एसपी रोविनराज कार्णजितले यो महिनामा ६० लाख बराबरको मालसामान पक्राउ गरी भन्सार कार्यालय दाखिला गरेको बताए । प्रहरीकै आंकडालाई मान्ने हो भनेपनि रौतहटका नाकाबाट दैनिक बिना भन्सार समान भारत जाने र भारतबाट नेपाल आउने क्रम रोकिन नसकेको स्पस्ट हुने एकजना जानकारले बताए ।
नेपाल–भारत सीमाक्षेत्रमा कालो कारोबार हुने गरेका कारण माघ महिनामा भन्सार–राजश्वमा समेत कमी भएको छ । गौर भन्सार कार्यालयका अधिकृत आशुतोष राईका अनुसार माघ महिनामा तीन करोड भन्सार राजश्वको लक्ष्य राखे पनि माघ अन्तिम सातासम्म एक करोड साठी लाख रुपैयामात्रै भन्सार–राजश्व संकलन भएको छ । भन्सार कार्यालयले राजश्व लक्ष पुरा गर्न नसक्नुमा भन्सार कर्मचारीनै दोषि रहेको बंकुलका स्थानीय बासिन्दा आदर्श उपाध्यायले बताए । जिल्लाको बंकुलमा रहेको छोटी भन्सार कार्यालयमा भन्सार कर्मचारी नबसेका कारण पछिल्लो समय सो नाका तस्कर समुहका लागि फलीफाप नाकाका रुपमा परिचत हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here