चन्द्रपुर,२ फागुन / रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका एक युवाको दुबै मृगौला फेल भएपछि उनको उपचारका लागि आर्थिक समस्या परेको छ । चन्द्रपुर नगरपालिका वडानं १ पौराइ ब्रम्हस्थान घर भएका ३६ बर्षका दिलबहादुर जर्गा मगरको उपचारका लागि आर्थिक अभाव भएको हो । उनको अहिले काठमाण्डौ स्थित अस्पतालमा उपचार गराइरहेको उनको उपचारका लागि यतीबेला गाउले र परिवारका सदस्य चन्दा माग्दै हिडेको उनकी श्रीमती भद्रीकुमारी मगरले बताइन् ।
आफ्नो घर जग्गा नभएका मगर परिवारलाई यतीबेला ठुलो समस्या परेको छ । श्रीमानको उपचारका लागि श्रीमती भद्री कुमारी गाउघरमा चन्दा उठाउदै हिडेकी छिन् । गाउघरमा चन्दा उठाएर अहिले सम्म एकलख रकम जम्मा भएको स्थानीय बासिन्दा देवी सापकोटाले बताए । उनको उपचारका लागि अर्काले मृगौला दिए १० देखी २० लाख खर्च हुने डाक्टरले बताएको स्थानीय सापकोटाको भनाइ रहेको छ । तेतीका रकम जुटाउन समस्या भएको स्थानीयको भनाइ रहेको छ । स्थानीय बासिन्दा तथा मगर परिवार यतीबेला चन्दा उठाउदै हिडेका छन् । चार छोरीका बाबु दिलबहादुरको उपचारमा सहयोग गर्ने दाताको खोजीमा स्थानीय समेत लागेको अर्का स्थानीय बासिन्दा श्रीराम न्यौपानेले बताए । सरकारले निशूल्क मृगौला प्रत्यारोपण गरिदिने कुरा सुनेको भएपनि त्यसका लागि आफुहरु कहांजाने भनेर अन्यौलमा परेको दिलबहादुरका परिवारका सदस्यले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here