चन्द्रपुर,२ फागुन / रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश २ स्तरिय कराते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा फागुन ८ र ९ गते प्रदेश स्तरिय कराते प्रतियोगिता आयोजना हुन लागेको हो । प्रदेश २ का ८ वटै जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष २५,३०,३५,४०,४५,५०,५५र ६० किलो तौल समुहमा खेल खेलाइले छ । त्यस्तै महिला तर्फ पनि २५, ३०, ३५, ४०, ४५, ५०,५५र ६० किलो तौल समुहमा खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजन सितोरियो कराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले जानकारी दिएकाछन् ।
चन्द्रपुर नगरपालिका मुख्य सहयोगि रहेको सो प्रतियोगितामा प्यावसन रौतहट र मुनलाईट एजेकेशन फाउण्डेसन चन्द्रनिगाहपुरको सहयोग गरेको छ । चन्द्रनिगाहपुर स्थित तुलसीलाल स्मृती रंगशालामा प्रतियोगिता २ दिन सम्म चल्ने नेपाल सितोरियो करांते संघ रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here