रुपेन्द्र पटेल,
चन्द्रपुर,५ फागुन÷
शहरीकरण बढेसंगै रौतहटको चन्द्रनिगाहपुरमा कटियाको ब्यापार बढेको छ । पछिल्लो समय चन्द्रनिगाहपुरमा कटियाको ब्यापार बढेको देखिन पाईएको हो ।
केही समय पहिला कटियाको बजार रुपमा गरुडा र कटहरियालाई चिनीन थियो भने हाल कटीयाको बजार भनेर चन्द्रनिगाहपुरलाई चिनिन थालेको हो ।
चन्द्रनिगाहपुरको मुख्य चौक देखि सन्तपुर घोडी देवि मन्दिर सम्म कटियाको ब्यापार सुरु भएको देखिन्छ ।
कटीया रौतहटको स्थानीय मौलिक खाना हो । यसको इतिहास करिव ३० वर्ष पुरानो छ । विशेषगरी, मधेसी मूलका मानिसमाझ यो लोकप्रिय हुन् । केही समय पहिला कटीया जिल्लको कटहरिया नगरपालिकाको प्रमुख पहिचान पनि थियो ।
यसको इतिहास भारतको राजस्थानसंगसमेत जोडिएको पाइन्छ ।
जस्थानका राज खानदानले कटियालाई सदीयौं देखि मुख्य परिकारका रूपमा उपभोग गर्दै आइरहेका छन ।
कटिया माटोको भा“डोमा पकाइने खसीको मासुको परिकार हो । जुन बलेको कोइलामा राखेर पकाइन्छ । पानीको प्रयोग विना सेकेर पकाइने परिकार हो । जसलाई खानयोग्य बनाउन एकदेखि डेढ घन्टासम्म पकाउनुपर्ने हुन्छ । यो प्याज, तेल र मासुको बोसोमा पाकाईन्छ । यता कटहरिया रगरुडाको कटियाले यतिबेला चन्द्रनिगाहपुर सहरमा नया“ स्वाद थपेको छ । कटियाको स्वादमा मौलिकता र फरकपना दिएको छ ।
कटिया हाउसले खानाकै माध्यमबाट हिमाल, पहाड र तराईलाई जोड्ने प्रयास गरेको छ । कटिया मधेशी मुलुकको प्रख्यात रहेको भएपनि पछिलो समय पहाडी मुलुकका मानिसले समेत मन पराउन थालेको छ । कटिया रौतहटको चन्द्रनिगाहपुरमा मात्र होईन रौतहटको कटिया भरतपुर, नारायण घा“ट ,काठमाण्डौं ,पोखरा लगायत देशका विभिन्न स्थानमा रौतहटकै ब्यापारीहरुले चलाउदै आएको छ ।