चन्द्रपुर,१० फागुन / प्रदेश २ स्तरीय कराते प्रतियोगितामा सिराहा जिल्ला प्रथम भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा नेपाल सितोरियो कराते संघ रौतहटले आयोजना गरेको प्रदेश स्तरीय प्रतियोगितामा सर्लाही दोश्रो र सप्तरी तेश्रो भएको हो । २५ के.जी.देखि ६० के.जी.सम्म महिला तथा पुरुष समहका खेलाडीहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा २ दिनसम्म चलेको थियो । प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।
प्रतियोगितामा महिलातर्फ रौतहटकी सलिना उप्रेती उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् भने पुरुषतर्फ पर्साका हासिम अंसारी उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा करातेका संस्थापक युवराज लामा तथा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रदेश स्तरीय प्रतियोगितामा रौतहट,बारा,पर्सा,सर्लाही,महोत्तरी, धनुषा,सिरहा र सप्तरीका एक सय ६० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको आयोजक नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here