गौर,१२ फागुन /आफ्नै बाबुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेकाछन् ।
दुई साता अघि रौतहटको दुर्गाभगबती गाउपालिकामा भएको एक बृद्धको हत्यामा उनकै छोराको संलग्तना रहेको प्रहरीले जनाएको छ ।
आफनै घर गोठमा सुतिरहेको अबस्थामा गएको माघ २८ गते हत्या गरिएका ८० बर्षिय फेकन पंडितको हत्यामा उनकै माईला छोरा राजकुमार पंडितको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार पत्रकार संम्मेलन गर्दै प्रहरी उपरिक्षक रबीराज खडकाले बुवा छोरा बीच हुदै आएको घरायसी झगडा बदलाब स्वरुप बृद्ध बुवाको हत्या गरेको खुलेको हो ।
घर परिबार भन्दा एकान्त स्थानको घरगोठमा बस्दै आएका दुर्गाभगबती गाउपालिका–३ देबीपर्साटोल निबासी फेकन पंडितको अनुहार र टाउकोमा हथौडा र धारिलो हतियार प्रयोग गरी उनकै माईला छोरा राजकुमार पंडितले हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नवीन कुमार सिंह सहित सहितको ५ सदस्यीय अनुसन्धान टोलीको अनुसन्धान पछि उनकै छोरा राजकुमार पंडितले हत्या गरेको खुलेको हो ।
कृषि पेशामा आबद्ध रहेका फेकन पंडितको हत्या गर्नुमा घर कलहनै हो भन्दै प्रहरी उपरिक्षक रबीराज खडकाले हत्या आफैले गरेको स्वीकार समेत गरेपछि पक्राउ गरेको जानकारी दिए ।
पंडितको चार छोरा मध्यका माईला उनले पिप्राबजारमा किराना पसल संचालन गर्दै आएका छन ।
पक्राउ परेका राजकुमार पंडितको श्रीमतीले जिल्ला प्रहरी कार्यालय रौतहटमा गत ७ गते मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कारवाही गरी पाउ भनी जाहेरी दरखास्त दिएपछि प्रहरीले जिल्ला अदालत गौर बाट पाच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here