चन्द्रनिगाहपुर,१३ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा बाघ देखा परेको छ । बाघले स्थानीयको दुईवटा बाख्रा समेत मारेको स्थानीय बासिन्दा राजकुमार दर्लामीले बताए । चन्द्रनिगाहपुरमा रहेको जनएकता सामुदायीक वनमा रहेको बाधले चन्द्रपुर ४ का स्थानीय बासिन्दा गुन्ज बहादुर पुलामीको २ वटा बाख्रा सोमबार राती बाघले मारेको स्थानीयले बताएकाछन् । केहीदिन पहिला बाघले स्थानीयको कुकुर समेत मारेको स्थानीय बासिन्दा राजकुमार दर्लामीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here