चन्द्रपुर,१३फागुन / रौतहटको चन्द्रपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयको अभिभाबक भेला सोमबार भएको छ । विद्यालयको प्राङणमा भएको भेलाको उदघाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य सदस्य देब प्रसाद तिमल्सिनाले शैक्षिक क्षेत्रको सुधार नभए सम्म समाज परिबर्तन असम्भब रहेको बताए । शिक्षा क्षेत्रमा रौतहट जिल्ला निकै पछाडी परेको बताउदै तिमलसिनाले विद्यालयको अभिभाबक भेलाले चयन गर्ने ब्यबस्थापक समिति चलायनमान र जागरुक हुनु पर्नेमा जोड दिएका थिय ।
सो भेलामा नेकपा नेता देबेन्द्र पटेलले गरिब, दुखीको सन्तानले अध्यन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न जरुरी रहेको बताए ।
सो सभामा विद्यालयका प्राध्यानाध्यापक शंकर भट्टराईले प्रगती र आर्थीक प्रतिबेदन २०७६ प्रस्तुत गरेका थिय । प्रगती प्रतिबेदनमा बजार तर्फको निर्माणाधिन सटर कबल लाई पुर्णता दिई ब्यापारिक बर्गलाई हस्तान्तरण , विद्यालय हाता भित्र चार कोठे नया भबन निर्माण, नमुना विद्यालय स्वीकृतीका लागि प्रयास, योजना पारित र नगरपालिका बाट स्वीकृत गराई साबिकको शिक्षा बिभागमा प्रस्तुत, नमुना बिद्यालयको नक्साङकन कार्य सम्पन्न, प्रदेश सभा सदस्य धनलाल ठोकरको प्रयासमा विद्यालयको उत्तर तर्फ साईकल स्टयाण्ड निर्माण र स्वच्छ खानेपानीको ब्यबस्था, चन्द्रपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय बाट एक थान कम्प्युटर, एक थान प्रिन्टर र पांच थान सिसिटिभी क्यामेरा प्रदान लगायतका प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिय ।
आर्थीक प्रगती प्रतिबेदनमा सरकारी अनुदान, विद्यार्थी शुल्क बाट आम्दानी, घर भाडा तथा जग्गा बाट आम्दानी सहित चन्दा कोठा सहयोग, बैक तथा नगद मौज्दात लाई विद्यालयले आयको रुपमा लिएको छ भने शिक्षक तथा कर्मचारी तलब भत्ता खर्च, प्रशासनिक तथा विद्यालय सञ्चालन खर्च, पेश्कि तथा सापटी, बिषेश तर्फ छात्राबास निर्माण तथा शिक्षक तलब तेस्रो चौमासिक निकासा साउन महिनाको भएकाले लगयत लाई ब्यय तर्फ राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here