गरुडा,१५ फागुन / बेमौषमी बर्षाका कारण रौतहटका इट्टा ब्यावसायी मारमा गरेका छन । मंगलबार राती परेको पानीले रौतहटका दर्जनौ ईट्टा उद्योगमा सुकाएर राखिएको ईट्टा गलेर करोडौंको क्षती भएको छ ।
मंगलवार दिन र रातमा पटक पटक परेको बेमौषमी बर्षाले ईट्ट उद्योगी ले सुकाएर पोल्न राखेको ठुलो परिमाणको काचो ईट्टा गलेर करोडौंको क्षती रौतहट ईट्टा उद्योग संघका उपाध्यक्ष प्रलाद बन्जाराले बताएका छन् ।
गरुडा नगरपालिका वडा ६ पोठियाहीमा रहेको दाई भाई ईट्टा उद्योगमा पकाउनको लागी सुकाएर राखिएको झण्डै २० लाख काचो ईट्टा मंगलवार बिहान र बेलुकी परेको पानीले गलेर नष्ट भएको छ । प्रतिगोटा काचो ईट्टा तयार पार्दा सम्म तिन रुपैया पर्ने भएकाले २० लाख काचो ईट्टा गलेर ६० लाख बराबरको क्षती भएको दाईभाई ईट्टा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताए ।
त्यसैगरी रौतहट जिल्लाभरीमा सञ्चालनमा रहेका सैयौ ईट्टा उद्योगमा पकाउन तयार राखिएको लाखौं लाख ईट्टा बर्षाले गलेर उत्पादकको करोडौंको क्षती भएको छ ।
ईट्टा उत्पादक ब्यवसायी संघ रौतहटका अध्यक्ष रामबिनोद साहले रौतहटमा सञ्चालनमा रहेको १६१ ईट्टा उद्योगमा पानीले काचो ईट्टा गलेर १५ करोड बढी क्षतीभएको बताएका छन ।
अन्य ब्यापार तथा उद्योगमा उत्पादनको बिमाको ब्यवस्था हुने भएर ब्यवसायीलाई खासै फरक नपर्ने भएपनी काचो ईट्टाको बिमा नहुदा ब्यापारीलाई ठुलो मार्का परेको साहले गुनासो गरेका छन । सरकार संग बिमा ब्यवस्थाको लागी क्षतीपुर्तीको लागी अथवा मार्कामा परेका ब्यवसायीलाई कर मात्र छुट गरेर सहुलियत प्रदान गर्न माग गर्दा प्रदेश तथा संघिय सरकारले कुनै वास्ता नगरेको अध्यक्ष साहले बताए । त्यसैगरी बेमौषमी बर्षाले किसानले लगाएको मुसुरो लगायत दलहन बालीमा ठुलो क्षतीभएको छ भने गँहु उखु लगायतका बालीमा फाईदा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here