गुजरा,२० फागुन / जिल्लाको चोचा सेक्टर वन कार्यालय मातहतमा रहेको राष्ट्रिय वन क्षेत्रमा घर टहरा बनाउने काम हुदा समेत डिभिजन वन कार्यालयले कुनै वास्ता गरेको छैन् ।
अनजुमन सामुदायीक वन क्षेत्रमा पर्ने राष्ट्रिय वनको जमिनमा साना फुसका घर एक पक्की घर समेत बन्दा पनि सम्बन्धीत निकायको ध्यान जान सकेको छैन् ।
बिगत लामो समय देखी भु माफियाले आफ्नो बनाउने अभियानमा लागेको वनको जग्गामा वन कर्मचारी र माफियाको मिलेमतोमा घर टहरा बनाउन सुरु गरिएको हो ।
सो स्थानको वन क्षेत्रमा पर्ने १ सय ६ बिगाहा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो । तत्कालिन समयमा जिल्ला वनले मुद्धा जितेको भएपनि माफियाले सो जमिन आफ्नो भन्दै फेरी मुद्धा दर्ता गरेका छन् । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले छानबिन समेत गरेको थियो ।
किर्ते गरी व्यक्तिको नाममा वनको जग्गा दर्ता गर्ने अवैध कार्यमा संलग्न रहेको आरोप लगेका जिल्ला वन कार्यालय, नापी कार्यालय, मालपोत तथा उक्त कार्यमा संलग्न व्यक्तिहरुको विषयमा टोलीले अनुसन्धान शुरु गरेको थियो ।
वनको जमीन व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि सो समयमा जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, वन, मालपोत, नापीलगायत सरोकारावाला सबै निकायहरुमा खैलाबैला मच्चिएको थियो ।
वन कर्मचारीको मिलेमतोमा पछिल्लो समय सो जमिन हडप्नका लागि माफिया ,सामुदायीक वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा फुटबल चौरी बनाउने बाहानामा घर टहरा बनाउन सुरुवात भएको स्थानीयले बताएकाछन् ।
जिल्ला वन कार्यालयरौतहटका तत्कालिन रेन्जर रामकेवल यादवले सो जमिन धान खेत भएको भन्दैमाफियाको सपोट गरेका थिय । यादव र तत्कालीन नापी प्रमुख धिरज देबको मिलेमतोमा सो जमिन माफियाले आफ्नो नाममा गर्न सफल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here