चन्द्रपुर,२३ फागुन / रौतहट जिल्लामा सार्वजनिक जमिन अतिक्रमण गरेर घर टहरा बनाउने क्रम रोकिन सकेको छैन ।
चन्द्रपुर नगरपालिकामा सर्वजनिक जमिन अतिक्रण गरेर घर बनाउने क्रम रोकिन सकेको छैन । यसै क्रममा सार्बजनिक जमिन अतिक्रमण गरेर घर बनाउन लागेको भन्दै चन्द्रपुर नगरपालिकाले भत्काईदिएको छ ।
चन्द्रपुर नगरपालिका–४ नम्बर वडामा पर्ने देउराली चौकको सार्बजनिक जमिनमा घर बनाउन लागेपछि चन्द्रपुर नगरपालिकाले आज भत्काईदिएको हो । सरकारी अस्पताल जाने बाटोमा पर्ने देउराली चौकको सडक मिचेर बनाउन लागिएको नीजी घर लाई स्काभेटर प्रयोग गरेर भत्काईदिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । बिहिबार मात्रै सामाजिक सञ्जाल मार्फत स्थानीय युवा अनन्त अधिकारीले सचेत गराएपछि नगरपालिको अतिक्रमण हुन बाट जोगाएको हो ।
चन्द्रपुर नगरपालिकाको अन्य स्थानमा समेत सार्वजनिक जमिन अतिक्रमण गरेर घर टहरा बनाउने क्रम रोकिन सकेको छैन् । अतिक्रण गर्ने जो कोहीलाई नछाडने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here