जनकपुर,२३ फागुन ÷
मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन् ।
जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।
प्रदेश २ मा रहेको १ सय ९६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले आफनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । परिवारका सदस्य गुमाएकाहरुको पीडा कम गर्नको लागि पनि न्याय दिनुपर्ने तर्क उनले गरे । राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here