रौतहट,२४ फागुन । दुई चरणमा गरी रौतहटका करिब एक लाख २० हजार भन्दा बढी बालबालिकाले दादुरा रुबेला खोप लगाएका छन। रौतहटका १८ वटै स्थानीय तहका ९ महिनादेखि ५ वर्ष मुनिका करिब एकलाख २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले जानकारी दिएका छन। पहिलो चरण अन्तर्गगत फागुन १ गतेदेखि ९ गतेसम्म २ गाउँपालिका र ८ नगरपालिकासहित १० वटा स्थानीय तहमा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए। जस अनुसार दुर्गा भगवती र यमुनामाइ गाउँपालिका,राजदेबी, कटहरिया, देबाही गुनाही, बृन्दावन, गुजरालगायत नगरपालिकामा पहिलो चरणमा खोप लगाइएको थियो। त्यसैगरी दोश्रो चरणमा ८ वटा नगरपालिकामा अभियान चलाइएको उनले जानकारी दिए। दोश्रो चरणअन्तर्गगत फागुण १५ गते देखि २३ सम्म चन्द्रपुर, गौर, इशनाथ, बौधीमाइ, मौलापुर, गडीमाइ, फतुवा बिजयपुरलगायत नगरपालिकामा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए। स्वास्थ्य कार्यालय रौतहटले एकलाख २९ हजार ५५१ वालबालिकालाई खोप लगाउने लक्ष्यका साथ काम गरेको खोप अधिकृत कर्णले जानकारी दिएका छन।सबै बालबालिका ९ र १५ महिना गरी दाुदरा रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने कर्णको भनाइ रहेको थियो। नेपाल सरकारले पनि सोही अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य अनुसार रौतहटको हरेक खोप केन्द्रमा खोप लगाउने अभियान चलाइएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए। नियमित खोप तथा अभियानमा बालबालिकालाई दादुरा–रुबेला खोप दिइएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीको दर ९५ प्रतिशतले घटेको स्वास्थ्य अधिकृत साहको दाबी छ। अभियान चलाउनु पहिला स्वास्थ्य कार्यालयले संचारकर्मी, जनप्रतिनिधि, गैर सरकारी संस्था, कर्मचारीलगायतसँग अन्तरक्रिया गरेको स्वास्थ्य अधिकृत साहले बताए। खोप अभियान शुक्रबारबाट सकिएको छ ।थाहा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here