अशोक पहाडी,
चन्द्रपुर,२५ फागुन । रौतहट क्षेत्रनं ४ का संघिय सांसद देव प्रसाद तिमलसिनाले आईतबार कृष्ण प्रणामी मंदिरको उदघाटन गरेका छन् । उनकै सांसद विकास कोषको १० लाखको लागतमा चन्द्रपुर नगरपालिका वडानं १० को बिनुवा टोलमा बनेको मंदिरको तिमलसिनाले एक कार्यक्रमका बिच उदघाटन गरेका हुन् । स्थानीय भोला ठाकुरको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद तिमलसिनाले आफुले आफ्नो सांसद विकास कोषको रकम सदुपयोग भएकोमा आफुलाई खुशि लागेको बताएका थिय । नेपाली काग्रेसका नेता बच्चु साह र मुकेश गिरी लगाएका स्थानीय नेताहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तिमलसिनाले आउदो होली बर्षको उपलक्षमा सबैलाई शुभकामना समेत दिएको नेपाली काग्रेसका युवा नेता मुकेश गिरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here