बारा २६ फागुन / बारा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला इन्चार्ज ईन्द्रबहादुर परिवारलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा परिवारलाई पथलैया–विरगञ्ज औधोगिक करिडोरको जितपुरबाट आइतबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका परिवारको साथबाट ६ थान मोबाइल सेट विप्लप समूहसँग सम्बन्धित पर्चा र अन्य कागजपत्रसमेत बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी गोविन्द पुरीले जनाएका छन्। ‘उनी हाम्रो खोजीको सूचीमा थिए, गोप्य सूचनाका आधारमा आज हामीले उनलाई पक्राउ गरेका हौँ’ डिएसपी पुरीले भने। बारा जिल्ला ईन्चार्ज रहेका परिवार विप्लव समूहका नारायणी व्युरो सदस्यसमेत हुन्। मकवानपुर स्थायी घर भएका पूर्वमाओवादी परिवारले आन्तरिक रूपमा जिल्लामा कुनै कार्यक्रमको तयारीका क्रममा जितपुर आएको श्रोतले जनाएको छ। पक्राउ परेका परिवारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here