चन्द्रपुर,३ चैत्र / मौसम परिवर्तनसगै रौतहट सहित मध्य तराईमा डेंगुको संक्रमणको सम्भावना बढदै जान थालेको छ । हरेक बर्ष रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाबाट डेगुको संक्रमितहरु देखा पर्ने गरेका छन् । चन्द्रपुर नगरपालिमा बढदो फोहोरका कारण समेत डेगुको रोग स्थानीयमा लाग्ने आशंका गरिएको छ । नेपालमा डेगी रोग देखा पर्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेगीका विरामी भेटिएका छन् । प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरीमा गरेर ६ जनामा डेंगु देखिएको छ भने प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा गरी ९ जनामा डेंगुको संक्रमण भेटिएको छ । गण्डकी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जनामा डेँगी भेटिएको छ। त्यसैगरी प्रदेश नम्बर ५ मा १४ जना डेँगी संक्रमित भएका छन् । प्रदेश २ को रौतहट जिल्ला डेगुको उच्च संक्रमणको सुचिमा रहेको जिल्ला हो । यता उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरेले चन्द्रपुर नगरपालिकामा डेगु नियन्त्रणका लागि नगरपालिकाले चासो नदिएको गुनासो गरेका छन् ।
चन्द्रनिगाहपुरका स्थानीय बासिन्दाले समेत डेगु नियन्त्रणका लागि चन्द्रपुर नगरपालिकाले समयमै चासो नदिएको गुनासो गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here