गरुडा, चैत्र ४ गते । रौतहट प्रहरीले एक वडा अध्यक्षको भाईको घरबाट सोमवार राति ठुलो परिमाणमा चोरीको लाखौ मुल्य बराबरको वियर बरामद गरेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नं ६ अमरपट्टिका वडा अध्यक्ष अशोक यादवका भाइ उमेश यादवको घरबाट प्रहरीले झण्डै एक ट्रक वियर बरामद गरेको हो । यादवको घरमा भारत विहार जिल्ला सितामढी बैरगनिया बस्ने ३६ वर्षिय विकास साहले भाडामा लिएर बसेको कोठाबाट उक्त परिमाणको वियर बरामद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here