रुपेन्द्र पटेल, ६ चैत्र / शिक्षा विद्यार्थी जिवनको एक महत्वपूर्ण अङ्ग हो । अन्य चिजमा लापरवाही होस तर शिक्षा क्षेत्रमा लापरवाही नहोस भन्ने चाहाना सबैको हुन्छ तर २–४ पैसाको लोभले विद्यार्थीकै जिवनसंग खेलवाड गर्ने शिक्षकहरु वा शिक्षा संयोजकलाई कस्तो किसिमको कारवाही हुनु पर्छ । रौतहट सहित देशको विभिन्न स्थानमा कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा भएको छ । वार्षिक परिक्षामा रौतहटमा चरम लापर्वाही देखिएको छ । रौतहटको बृन्दावन नगरपालिकामा विद्यार्थीलाई पुरानै प्रश्नपत्रमा नया“ मिति राखेर वार्षिक परिक्षा भईरहेको पाईएको हो । सो नगरपालिकामा नगर स्तरीय परिक्षा अन्तरगत बृन्दावान नगरभरी कक्षा ८ का बिद्यार्थीलाई पुरानै प्रश्नपत्रबाट परिक्षा लिरहेको पाईएको छ । शिक्षक तथा शिक्षा संयोजक राम जि राय यादवको चरम लापरवाहीका कारण बिद्यार्थीहरुको जिवनसंग खेलवाड भएको अभिभाकहरुले गुनासो गरेका हुन । सो नगरक्षेत्र अन्तरगतको सबै बिद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरि कक्षा ८ को परिक्षा सञ्चालन गरि परिक्षालिएको हो । पुरानै प्रश्नपत्रबाट परिक्षा भईरहेको गुनासो बढेपछि यस विषयमा पत्रकारले शिक्षा संयोजक राम जी राय यादव संग बुझदा यादवले भने हामिसंग ठुलो गलती भएको स्वीकार गरेका छन । सो नगरपालिका भित्र रहेका विद्यार्थीहरूको भविष्यमाथि खुलम खुल्ला खेलवाड भएको छ । हजारौं विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने संयोजक यादव माथी कडा कार्यवाही हुनुपर्ने अभिभावकहरुले माग समेत गरेका छन । यस्तै कक्षा ८ को परिक्षा रद्द गरी पुनः परिक्षा गराउन अभिभावकहरुले माग समेत गरेका छन । यस्तै यस वर्षको वार्षीक परिक्षा रौतहटको गढीमाई नगरपालिका, फतुवा बिजयपुर नगरपालिकामा समेत पुरानै प्रशनपत्रबाट परिक्षा सम्पन भएको पाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here