विश्वमा महामारीका रुपमा देखिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको त छैन । तर यसको प्रभाव भने सबै क्षेत्रमा पर्न थालेको छ ।
कोरोनाको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि राम्रो देखिएको छ ।
सोही कारण रिलिजको तयारीमा रहेका फिल्महरु धमाधम स्थगित हुन थालेका छन् । यस्तैमा कोरोनाको कारण फिल्म लक्का–जवानको रिलिज पनि स्थगित भएको छ ।
यहि चैत २१ गतेबाट प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
द्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको लक्का जवानको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here