सिमरा, ७ चैत ।  बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले ब्यारेक भित्रै आत्महत्या गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएर आत्महत्या गरेका हुन् । ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । भण्डारीले सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका थिए। भण्डारीको परिवारले बैशाखमा उनको विवाह गर्ने तयारी समेत थालेको थियो । भण्डारीको शव परीक्षणका लागि वीरगन्ज पठाएको छ।

दैनिक नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here