अशोक पहाडी ,गरुडा,९ चैत । जिल्लाको गढीमाई नगरपालिकाले आफ्नो नगरका साथै राजमार्गमा हिडने यात्रु तथा सवारी चाकललाई माक्स बितरण गरेको छ । आईतबार सो नगरपालिकाले जिल्लाको मध्यभाग गरुडामा राजमार्गमा चल्ने सवारी साधानका चालक तथा यात्रुलाई माक्स बितरण गरेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नागेन्द्र यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
माक्स बितरण कार्यक्रममा नगरपालिकाका प्रमुख श्यामबाबु यादव ,कार्यकारी प्रमुख नागेन्द्र यादव ,ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी लगाएको सहभागिता रहेको थियो ।
गढीमाइ नगरपालिकाले आफ्नो नगरको सबै वडामा ५ हजार भन्दा बढी माक्स बितरण गरेको नगरप्रमुख यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
विश्व ब्यापी रुपमा फैलेको कोरोना भाईरसबाट बच्नका लागि नगरपालिकाले नगरबासीलाई बिभिन्न चेतना मुलक कार्यक्रम समेत गरिरहेको कार्यकारी प्रमुख नागेन्द्र यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । संचारकर्मीहरुको समेत सहभागितामा माक्स बितरण गरिएको थियो । गरुडामा भएको माक्स बितरण कार्यक्रममा सर्बसाधारण कोरोनाबाट बच्ने घरेलु उपायका बारेमा समेत जानकारी दिईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here