गौर, ९ चैत । नागरिकताको प्रतिलिपिमा सिफारिस गर्न १३ हजार घुस लिइरहेको अवस्थामा यमुनामाई गाउँपालिका वडा नम्वर ३ का सदस्य सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतवार पक्राउ गरेको छ ।
यमुनामाई गाउपालिका वडा नम्वर ३ का एकजना जनताको नागरिकताको प्रतिलिपिमा सिफारिस गर्न १३ हजार रकम माग गरेको सोही अनुरुप वडा सदस्य रामविश्वास मुखिया र निर्गुन पासवानलाई दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ४ मा लिदै गरेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दीवासको टोलीले घुस सहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here