चन्द्रपुर,११ चैत । चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा मानिसको आवागमन कम भए पनि सवारी चल्न छाडेको छैन । सरकारले अनुमति दिइएको सवारीको अलावा मालकबाहक ट्रकहरु निर्वाध रुपमा चलिरहेका छन् । ती ट्रकले यात्रु ओसारिहेका छन् । बिहान स्थानीय घरबाट बाहिर निस्केपनि अहिले सडक सुनसान छ । ट्रकहरु भने चलिरहेका छन् ।
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ को निर्णय गरेको हो । औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेकलाई बन्देज लगाइए पनि राजमार्गमा खाली र मालभरिका ट्रकहरु बिहानदेखि चलेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका छन् ।
मानिसहरु मोटरसाइकलमा यात्रा गरिरहेका छन् । लामो दूरीको बस चल्न छाडेपछि ट्रकले धमाधम यात्रु बोकेकोमा ट्राफिकले कडाई गरेको छ । मंगलबार बिहान ६ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवत जावत बन्द गरिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि हेम शाहीले ‘लकडाउन’ को पालना गर्न नागरिक आफै सचेत हुनु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here