रुपेन्द्र पटेल ११ चैत्र ।
रौतहटको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले आफ्नो नगर वासिलाई सुरक्षीत र सतर्क रहन आग्रह गरेका छन । विश्वभर महामारीबाट आफनो नगर क्षेत्रका नागरिकलाई जोगिानका लागी सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन नगर प्रमुख यादवले आग्रह गरेका छन । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणलाई नेपालमा फैलिन नदिन र सो भाइरसको रोकथाम र निर्मूल गर्न चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लागु हुने गरी दिएको निर्देशन पालना गर्न नगर प्रमुख यादवले आफनो नगर क्षेत्रका आम नागरिकसंग अपिल गरेका छन । नगर प्रमुख यादवले आफू, आफ्ना प्रिय परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न नेपालभरी नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको भन्दै सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन समेत यादले व्यवसायीहरूलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here