काठमाण्डौं १४ चैत्र । कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ।



हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको यो पहिलो केश हो। ती व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनी दुबईबाट आएका हुन्। उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन्। नेपालखबर बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here