सर्लाही, १४ चैत्र । सर्लाहीमा इँटा भट्टामा काम गर्ने १६ जनालाई उच्च ज्वरो देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । हरिवन नगरपालिका– ९ स्थित दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई उच्च ज्वरो देखिएपछि क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई लगातार तीनदिनदेखि १०४ डिग्री भन्दा उच्च ज्वरो देखिएका्े वडाध्यक्ष सितारमा पोखरलको भनाइ छ । ज्वरो कम नभएपछि बिहीवारमात्र स्थ्यकर्मीको टोली इँटा भट्टामा पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । दुवै इँटा भट्टामा काम गर्ने अधिकांश मजदुर भारतका भएकाले उनीहरुमा कोभिड १९ अथवा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गरिएको छ। इँटा भट्टाामा काम गर्न एक साता अघि मात्र उनीहरु भारतको विभिन्न स्थानबाट त्यहाँ आएका बुझिएको छ । गाँउ नजिकै रहेको इँटा भट्टाका मजदुरलाई उच्च ज्वरो देखिएपछि स्थानीय अहिले थप त्रसित भएका छन् । भट्टा नजिकै निर्माण भैरहेको खानेपानी ट्याङकी बनाउने मजदुरमा समेत ज्वरो देखिएपछि उनीहरुलाई समेत त्यही क्वरेन्टीनमा राखिएको छ । दुवै इँटा भट्टामा गरी ३ सयभन्दा बढी मजदुर काम गरिरहेका छन भने खानेपानीको ट्याङकी बनाउन १३ जना मजदुरले काम गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here