विजयपुर, १५ चैत । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्वर ११ दुधिअवामा स्थानीयलाई प्रहरीले निर्घात कुटपिट गरेको छ !
सोही स्थानमा रहेको माँ कंकाली वाशिंग एण्ड ग्रेडिगं उधोगमा प्रहरीको आखाँ छलि गिट्टी लिन आएका पाँच ओटा ट्याक्टरलाई लकडाउनको बेला ट्याक्टर चलाएको भन्दै स्थानीय युवाले रोक्न खोज्दा प्रहरीले ट्याक्टर समाउनुको साट्टो उल्टै स्थानीय युवाहरुलाई नै कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन ! इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्र किशोर साहले कुरै नबुझी आफुहरू माथि अन्धाधुन्दा लट्ठी प्रहार गरेको र प्रहरीको कुटाईबाट एक दर्जन भन्दा बढी घाइते भएको समेत स्थानीय बासिन्दाहरुले बताएका छन् ! त्यति मात्रै नभएर प्रहरी निरीक्षक साहले प्रहरीको थप टोली मगाई स्थानीय बासिन्दालाई घर भित्र प्रवेश गरि कुटपिट गरेको र घरमा बसिरहेका निर्मल खरेल, शुशिल उप्रेती, सुजन प्रसाई र निमेश चौधरीलाई बिना कारण पक्राउ गरेको प्रत्यक्षदर्शी राकेश चौधरीले बताएका छन् !
यता प्रहरी निरीक्षक साहका अनुसार स्थानीयले गिट्टी लिन आएका पाँच ओटÞा ट्याक्टरलाई आफ्नो नियन्त्रणमा लिन खोज्दा प्रहरीले हल्का बल प्रयोग गरेको र बल प्रयोग गर्दा ट्याक्टर चालकलाई हातपात तथा ट्याक्टरमा आगजनी गर्न खोज्दा थप प्रहरी टोलि झिकाइ घटनालाई नियन्त्रणमा लिएको बताए साथै घटनामा संलग्न ४ जना र गिट्टी लिन आएका पांच ओटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् !
कोरोना भाइरस (कोभिड(१९ )महामारी विश्व भरि फैलिरहेको अवस्था सरकारद्वारा पूर्ण रुपमा देशलाई नै घोषित गरेको लकडाउनको बेवास्ता गर्दै क्रसर संचालकले स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा आफ्नो क्रसर उद्योग संचालन गर्दै आएको र स्थानीयले यसलाई नियन्त्रण गर्न खोज्दा प्रहरी लगाएर आफुहरूलाई कुटपिट गरेको आरोप स्थानीय बासिन्दाले लागाएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here