अशोक पहाडी
रौतहट,१५ चैत । जिल्लामा एक बालिका बलात्कृत भएकी छिन ।
कटहरिया नगरपालिका वडा ७ बगहीगाँउ की एकजना १७ बर्षिया बालिकालाई २८ बर्षिय पुरुषले बलात्कार गरेका हुन ।
भाग्यनारायण साहले दुुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए ।
घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी भाग्यनारायण साहले दिउसै ढोका थुनेर बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राख्ने आरोपीले पटक पटक धम्की दिदैआएका थिए ।
पिडितले घटनाबारे बाबुु आमालाई बताए पछी घटना प्रकासमा आएको थियो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले भाग्यनारायण साह माथी जबरदस्ती करणी मुदादर्ता भएको र भिडिओ बारे थप अनुसंधान भईरहेको बताएका छन ।
पिडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भईसकेको र आरोपी साहको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here