अशोक पहाडी
चन्द्रनिगाहपुर,१५ चैत ।
विश्व ब्यापी महामारीका रुपमा रहेको कोरोना बाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेका बेला रौतहटमा ब्यापारीको मनोमानी बढेको छ । हरेक खद्यय बस्तुको भाउ मनपरी भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा लकडाउनका बेला ब्यापारीले तरकारीको भाउ मनलग्दी बढाएको उपभोक्ताले बताएकाछन् । आलु प्याज ब्यापारीले समान लुकार महंगोमा बेच्ने गर्दा मसेत स्थानीय सरकारको ध्यान जान नसकेको सन्तपुरका स्थानीय युवा प्रमोद चौधीले बताए ।
स्थानीय प्रशासन ,स्थानीय सरकारले खास गरेर तरकारी पसल तथा खाद्य पसलको तत्काल अनुगमन गरेर आम उपभोक्तालाइ राहत दिने काम गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव टिका घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here