उपेन्द्र गोले ।
चन्द्रपुर,१६ चैत ।
रौतहटको चन्द्रपुर—३ गैडाटारमा स्थानिय ब्यापारीले लकडाउनमा लुटतन्त्र भित्र्याएको आरोप लगाएका छन । महामारीको रुपमा विश्वमा कोरोना भाइरसको आक्रान्त बढ्दै जादा गैडाटारमा भने ब्यापारीहरुले सर्वसाधारणलाई लुटदै आएको नाम नबताउने सर्त एक स्थानिय बासीले बताएका छन । रिचार्ज कार्डको हाहाकार भइरहेको समय रु. ५० को रिचार्जलाई रु . १०० रुपियामा खरिद गरेको एक स्थानियको भनाई रहेको छ । सो सम्बन्धि सञ्चारकर्मीले बुझ्दा त्यस्तो नगरेको बताउदै पहिला रु. ५० को रु. ५५ मा विक्रि गर्ने गरेको रिचार्जमा हाल रु. ६० सम्ममा विक्रि गर्ने गरेको ब्यापारी स्वीकार्नु भएको छ । हाल चन्द्रपुर—३ गैडाटारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन थालेको छ । रिचार्ज कार्ड , दाल चामल , आलु , प्याज , तेल , खुर्सानी , नुन लगयतका दैनिक उपभोग्य बस्तुहरुको अभाव सिर्जना भएको छ । पाउरोटी , डुनोट , विस्कुट , दालमोठ , गोलभेडा जस्ता उपभोग्य बस्तुहरु भने सडेगलेका , प्रयोग मिति सकिएका विक्रि गरेको पाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको भित्री क्षेत्रमा पर्ने वडा नम्बर ३ अन्य वडाभन्दा बिकट मानिदै आएको छ । लकडाउनले दैनिक उपभोग्य बस्तुहरु चामल , दाल , आलु , चिनि , तरकारी लगायत अन्य विभिन्न उपभोग्य बस्तुहरु खरिद मुल्य नै बढी पर्ने र ढुवानी खर्च समेत बढी हुने हुदा नोक्सानीमा विक्रि गर्न नसकिने एक ब्यापारीको भनाइ रहेको छ । चन्द्रनिगाहपुर चोक बजारबाट केही उपभोग्य बस्तुहरु जसोतसो महंगो मुल्यमा खरिद गरि लगभग २ किलोमिटर आफैले बोकेर ल्याउनु पर्ने र त्यसपछि मात्र गैडाटारसम्म ढुवानीको लागी डाफे तथा अटो पाउने हुदा आफ्नो श्रमको मुल्य लिएको अर्का एक ब्यापारीको दावी गरेका छन । नेपाल सरकारले सर्वसाधरणलाई लकडाउन पालना गर्न निर्देशन दिए बमोजिम दैनिक उपभोग्य बस्तुहरुको ब्यबस्थापन गर्न नसक्नु लाचरपन भएको ब्यापरीहरुको आरोप रहेको छ । विश्व यति बेला संकटमा परेको छ । यो संकटको घडिमा प्रत्येक ब्यक्तिहरुले नागरिकलाई सहयोग गर्नु पर्ने अबस्थामा कुनै ब्यापारीले स्थानियलाई बढि मुल्यमा उपभोग्य सामग्री विक्रि गरेको पाइएमा वडा कार्यालयले तत्काल कार्वाही गर्ने वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए । वडा कार्यालयले त्यस्ता ब्यापारीको सुक्ष्म निगरानी समेत गरिरहेको देवकोटाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here