उपेन्द्र गोले चन्द्रपुर २० चैत्र । राैतहटकाे चन्द्रपुर-३ गैडाटारमा विभिन्न ठाउबाट बाइक , साइकल तथा गाडीमा मानिसहरुकाे अावतजावत दिनानुदिन बढ्दै जान थालेपछि स्थानिय युवाहरु चिन्तित बनेका छन । बुधबार बिहान काेराेनाकाे संक्रमण गैडाटारमा भित्रीन सक्ने भन्दै युवाहरुले गैडाटार प्रबेश द्वार चादी खाेला डिलमा तार लगाएकाे थियाे । तर वडा अध्यक्ष बाेधनाथ देवकाेटाले साे बार लगाउन नदिइपछि अाफुहरु काेराेनाकाे त्रासमा बस्नु परेकाे स्थानिय युवा भुपाल जिम्वाले बताए । बजार क्षेत्रमा प्रशासनले कडा निगरानी बढाएपछि गाउमा विभिन्न बहानामा अाउने जाने मानिसहरुकाे चाप बढ्दै गएकाे छ । गैडाटारका विभिन्न बाटाेमा समेत बार लगाउने याेजना रहेकाे तर वडा अध्यक्ष स्वयमले साे कार्य गर्न राेक लगाएकाे शंकर न्याैपानेले बताएका छन । गाउमा घरायसी काम गर्दै अाफुहरु सुरक्षित रहदै अाएकाे तर विभन्न थरिका मानिसहरुकाे प्रबेश बढेपछि स्थानिय युवामा काेराेनाकाे त्रास बढेकाे युवा छविलाल गाैतमकाे भनाइ रहेकाे छ । नया नाैलाे अपरिचित मानिसहरु गाउमा देखा परेमा साेधपुछ तथा कडा निगरानीमा राख्न गैडाटारका विभिन्न स्थानमा युवाहरु परिचालन गरिएकाे अर्का युवा हिरा माेक्तानले जानकारी दिए । चन्द्रपुर वडा नं. ३ काे वडा कार्यालयले भने त्यस्ता कुनै क्रियाकलाप सञ्चालनमा ल्याउन सकेकाे छैन । स्थानिय सरकारकाे प्रत्यभुति हुने खालका कुनै कार्यक्रम वडाले जनता माझ ल्याउनेतर्फ ध्यान नगएकाे र संघिय सरकारले घाेषणा गरेकाे राहत प्याकेज यस वडामा पनि १० लाख विनियाेजन भएकाे हुदा साे रकम अधिकांस हुने खानेलाई मात्र बितरण गरेकाे अाराेप स्थानिय युवाहरुले लगाएका छन । विपत घडिमा वडा कार्यालयले कडा कदम चाल्नुकाे सट्टा वडा अध्यक्ष स्वयमले बार लगाउन नदिनु र राहत बितरणमा मात्र ध्यान जान नहुनेमा स्थानियले गुनासाे गरेका छा । अाफु बाचे भ्याकुर , गिठ्ठा खाएरै बाच्न सकिने तर गाउमा काेराेना भित्रीनै नदिने याेजना ल्याउनु पर्नेमा युवाहरुकाे जाेड रहेकाे छ । जीवन रहे राहत खाउला , पहिला जीवन बचाउनु पर्नेमा युवाहरुकाे बताएका छन । गैडाटारमा हालसम्म १० वडा ड्रममा पानी र सावुनकाे ब्यबस्थापन बाहेक केही गर्न सकेकाे छैन । साे ड्रमहरुमा नियमित पानी र सावुन समेत ब्यबस्थापन गर्न सकेकाे छैन तर राहत सामग्री भने बुधबार र विहिबार २ दिन गिर बितरण गरिसकेकाे छ । राहत बितरणमा अनियमितता भएकाे भन्दै स्थानियले बिराेध गरेका छन । वडाबासीले यति बेला वडा अध्यक्षकाे अालाेचना गर्द‌ै अाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here