आरके श्रीवास्तव, चैत २० ।
रौतहटबासीको लागी एउटा सुखद समाचार आएको छ । सुुचना तथा सञ्चारक्षेत्रमा एउटा आयाम थपिएको समारचार प्राप्त भएको छ । रौतहटको बौधिमाई नगरपालिका अन्तरगत सरमुववा बंकुलमा आज देखी गुुजरामाई एफएमको परिक्षण प्रसारण सुुरु गरेको छ । ९९।७ मेगाहर्जमा सञ्चालन भईरहेको गुजरामाई एफएमले सुुचना मनोरञ्जनका साथै राष्ट्यि प्रशारणको समाचारसेवा दिने छ । त्यसैगरी गुजरामाई एफएम बाट कटहरिया एफएम ९३,८ मेगाहर्ज बाट उत्पादित बज्जिका,नेपाली,र हिन्दी भाषाको समाचार पनी प्रत्यक्ष सुन्न सकिने एफएमका अध्यक्ष त्रिभुवन साहले बताउनुु भएको छ । आज बिहान ११ बजे देखी परिक्षण प्रशारण सुुरुहुने गुजरामाई एर्फमले भोली देखी १८ घन्टा अर्थात बिहान ५ बजे देखी राती ११ बजेसम्म प्रशारण हुने रामप्रवेस प्रसाद रजकले जानकारी दिनुु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here