काठमाडौं २० चैत : कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न दिने निर्णय गरेको छ।  उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरेसँगै सरकारले लकडाउन खुकुलो बनाएका हो।  अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले उद्योग भित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए।  उनले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए। त्यसैगरी, हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह् कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।  बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।  यस्तै बैठकले नेपाल भारत सीमास्थित क्‍वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा राखेर मात्रै सिमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ । थाहा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here