गरुडा २१ चैत्र । दाइजो नलिने बाचा गरेर बुुहारी बनाउन बोलाका ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका ९ रामपुरका अन्सारीलाई प्रहरीले पक्राउ परेको छ । आरोपी अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । अन्सारीमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मद्दा विहीबार दर्ता भएको प्रहरीले जनाएको छ । अन्सारीले आफ्नो छोराको फोटो देखाएर बिहेको कुरो छिन्न केहीदिन अघि छोरालाई देखाउन भनी रौतहटकी एक किशोरीलाई कलैया बोलाएका थिए ।किशोरीकी बजैलाई अन्यत्र राखेर कोशोरीलाई कलैयास्थित एउटा होटेलमा लगेर ज्यानमार्ने धम्की दिँदै करणी गरेको पीडित किशारीले बताएकी छन् । कलैयाबाट घर फर्केकी पीडित किशोरीसहित घरका मानिसले प्रहरीलाई खबर गरेपछि रौतहटको गुजरास्थित आफन्तको घरमा आएको समय अन्सारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । अन्सारी नियन्त्रणमा रहेको र पीडिलाई जाहेरीसहित आवश्यक कारवाहीको लागि बुधबार जिल्ला प्रहरी कार्यालय बारा पठाइएको डिएसपी महतोले जानकारी दिए । उता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्राले पीडितको उजुरी दर्ता भइसकेको र स्वास्थ परीक्षण पनि जिल्ला अस्पताल कलैयामा भइसकेको बताए । केहीदिन अघि रौतहटका अन्सारील ती किशोरीसँग बिना दाइजो आफ्नो छोराको बिहे गर्ने घर परिवारका मानिसलाई आश्वासन दिएर गएका थिए । त्यसको १२ दिनपछि फेरि छोराको फोटोसहित आएका अन्सारीले केहीलाई बुहारी स्विकार गर्दै बुहारीको मुख हेरेको भन्दै किशोरीलाई ६ सय ६० रुपैया समेत दिएका थिए । अन्सारीले छोरा र घर परिवारलाई देखाउँछु भनि किशोरीलाई कलैया बोलाएर करणी गरेको पीडितकी बजैले बताइन् । अन्सारीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने उनको माग रहेको छ ।