ओम प्रकाश यादव चैत्र २२ गते, रौतहट । डा. सिके राउत नेतृत्वको जनमत पार्टि रौतहटले गरुडा नगरपालिका वडा नं ७ भिमडावरमा आज हजारौ पिस मास्क वितरण गरेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनमत पार्टिले आज भिमडावरमा एक हजार पिस मास्क वितरण गरेको हो यस्तो संकटको घडीमा एकले अर्कालाई सहयोग गर्नुपर्ने मान्याता एवं भावनाका साथ मास्क वितरण गरिएको जनमत पार्टि जिल्ला कार्य समिति रौतहटका सदस्य लालबाबु यादवले बताएका छन । यसअघि पनि जनमत पार्टिले जिल्लाको अन्य ठाउँमा पनि आफुलाई भ्याय जति सहयोग गरिसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here