ओम प्रकाश यादव २२ चैत्र गरुडा । रौतहटमा क्वारेन्टाईनमा बस्नेहरुको संख्या दिन प्रतिदिन बढदै गएको छ । रौतहटको क्वारेन्टाईनमा शनिवार १३ जना थपिएका छन । १३ जना थपिएसँगै जिल्लाको क्वारेन्टाईनमा बस्नेहरुको संख्या अब २ सय ८ पुगेको छ । शुक्रवारसम्म १ सय ८५ जना रहेकोमो त्यो संख्यामा वृद्धि भई शनिवार साँझसम्म २ सय ८ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टाईनमा बस्नेहरुमा १२ जना महिला र १ सय ९६ जना पुरुष रहेका छन । कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनले नेपाल भारतका सम्पूर्ण सिमा नाकाहरु बन्द रहेका कारण भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेस गर्नेहरुलाई पक्राउ गरि क्वारेन्टाईनमा राखने गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राम नरेश साहले बताउनुभएको छ । जिल्लाको विभिन्न स्थानीयतहहरुमा गरी ८ सय ३६ बेडको क्वारेन्टाईन निर्माण भएको छ भने आईसोलेसन बेडको संख्या २५ रहेको छ । क्वारेन्टाईनमा बसेका १३ जनालाई घर फिर्ता गरिसकेको नायब सुब्बा साहले बताउनुभयो । रौतहटको क्वारेन्टाईनमा बस्ने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्ष्ण नदेखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here