ओम प्रकाश यादव २४ चैत्र रौतहट । कोरोना भाइरसले निम्त्याएको महासंकटको यस घडिमा रौतहट क्षेत्र नं १ ख विधान सभाबाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्लाका तिन वटा स्वास्थ्य चौकीहरुलाई पिपिइ, सेनिटाईजर र मास्क उपलब्ध गराएका छन । विश्वमै कोभिड १९ कोरोना भाइरसका त्रास फैलिरहेका बेला कृषि राज्य राज्य मन्त्री यादवले चिकित्सकहरुलाई सुरक्षित रही शेवा प्रदान गर्न आज एकै पटक तिनवटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई आवश्यक सहयोग स्वरुप पिपिइ, सेनिटाइजर र मास्क वितरण गरेका हुन । समाजवादी युवा संघका केन्द्रि अध्यक्ष समेत रहेका मन्त्री यादवले रौतहटको क्षेत्र नं १ ख विधानसभाको प्राथमिक स्वास्थ्य केन्द्र गंगापिप्रा, धर्मपुर र स्वास्थ्य चौकी खेसरहीयालाई आवश्यक पर्ने पिपिइ, सेनिटाईजर र मास्क वितरण गरेका हुन । आफु समाजिक दुरीलाई पाल्न गर्दै समाजिक दुरी कायम राखेर उक्त सामग्रि स्वास्थ्यकर्मीहरुलाई हस्तान्त्रण गरेको कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताए । त्यस क्रममा मन्त्री यादवले उच्च मनोवलका साथ कोरोना विरुद्ध लडन चिकित्सकहरुलाई आग्रह गर्दै आवश्यक पर्ने सम्पूर्ण सामग्रिको व्यवस्था गरिदिने आश्वासन दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here