अशोक पहाडी
रौतहट,२६ चैत ।
विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाईरसका कारण रौतहट जिल्लामा अरु नेता घरमै बसेका बेला रौतहट क्षेत्रनं ४ का संघिय सांसद देव प्रसाद तिमलसिनाले जनताको घरदेलोमै गएर सुखदुख बुझान ब्यास्त रहेका छन् ।
लकडाउनसंगै जिल्लाका अन्य सांसद तथा नेता घरमै क्वारेन्टाइनमा बसेका बेला तिमलसिना भने मोटरसाईकलमा आफ्नो क्षेत्रका जनताको सुखदुख बुझान बिहान देखी बेलुका सम्म खटिएका छन् ।
सांसद तिमलसिना यतीबेला आफ्नो क्षेत्रका मजदुर तथा गरिवको घरमा चुल्हो बल्नका लागि दिनभर खटने गरेकाछन् । जिल्लाको चन्द्रपुरमा रहेको क्वारेन्टाईनमा रहेकाहरुको अवस्था बुझनका लागि सो स्थानमा तिमलसिना दिनमा एक पटक पुग्ने गरेको क्वारेन्टाइनमा रहेकाहरुले बताएकाछन् ।
सांसद तिमलसिनाको पहलमा गढीमाइ नगरपालिकामा रहेका डोम परिवारलाई राहत बांडने काम भएको सो नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नागेन्द्र यादवले बताउकाछन् । यता चन्द्रपुर नगरपालिकामा पर्ने राजमार्गमा मच्छर मार्ने औषधी छर्किनका लागि सांसद तिमलसिनाले डिस इन्फेक्सन स्प्रे औषधि उपलब्ध गराएका छन् । डिस इन्फेक्सन स्प्रे औषधिको ब्यबस्था प्रतिनिधि सभा सदस्य तिमल्सिनाले गरिदिएका हुन ।
आफना क्षेत्रका नागरिक लाई राहत पुगोस भन्ने हेतुले तिमलसिनाले यसअघि चन्द्रपुर, बृन्दाबन, गडिमाई, गरुडा नगरपालिकामा समेत सो औषधीको ब्यबस्था गरिदिएको जानकारी दिएका छन् ।
जेसिसका पुर्ब अध्यक्ष अनन्त अधिकारीले सामाजिक कार्यमा जेसिसले कार्य गर्दै आएको मा सांसद तिमलसिनाको सहयोगले अझै हौसला बढेको बताए । सांसद तिमलसिना लकडाउनको सुरुवाती दिनबाटै मोटर साईकलमा गाउ गाउ पुगेर आफ्नो क्षेत्रका जनताको समस्या बुझदै आएका तिमलसिनाको सक्रियताले सर्बसाधारण खुशी भएको सन्तपुरका स्थानीय बासिन्दा सुवास कोईरालाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here