अशोक पहाडी
रौतहट,२७ चैत ।
लकडाउनका कारण अण्डाको ब्यापार नभएपछि रौतहटका हाँस ब्यावसायीले आफुले उत्पादन गरेको हाँसको अण्डा नष्ट गर्न सुरु गरेका छन् । रौतहटको बिभिन्न स्थानमा ब्यावसायीक शाँस पालन गर्दै आएका किसानले आफुले उत्पादन गरेको हाँसको अण्डा बजारमा बिक्रि बितरण हुन छाडेपछि नष्ट गर्न थालेको रौतहट कुखुरा विकास संघका अध्यक्ष राम बिनोद पाण्डेले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिका वाडनं ६ मा रहेको आफ्नो हाँस फर्मको अण्डा बिक्रि हुन छाडेपछि बिहिबार वडा अध्यक्ष खड्ग कुस्वारको रोहवरमा ६ हजार हाँसको अण्डा नष्ट गरेको रौतहट कुखुरा विकास संघका अध्यक्ष पाण्डेले जानकारी दिएका छन् । जिल्लाका बिभिन्न स्थानमा रहेका ब्यावसायीक हाँस तथा कुखुरा पालक किसानले आफुले उत्पादन गरेको कुखुरा तथा अण्डाको बिक्रि बितरण नभएका कारण नष्ट गर्ने तयारीमा रहेको पाण्डले जानकारी दिएका छन् । रौतहट जिल्लामा ब्यावसायीक हास पालक किसानले करिब १४ हजार हाँस पालेको संघले जानकारी दिएको छ । हाँस पालक किसानको मुख्य आयश्रोत भनेकै अण्डा भएको र आफुले उत्पादन गरेको अण्डा बजारमा जान नपाएका कारण आफुहरुले बाध्य भएर अण्डा नष्ट गर्ने अभियान थालेका हुन ।
रौतहट जिल्लामा हास बाहेक अण्डा दिने लेस कुखुरा ३० हजार रहेको रौतहट कुखुरा विकास संघका अध्यक्ष पाण्डेले जानकारी दिएका छन् । कुखुराको अण्डा समेत बजारमा जान नपाएका कारण किसान बाध्य भएर अण्डा नष्ट गर्नुपर्ने अवस्थामा रहेको कुखुरा पालक किसान विकास महतले जानकारी दिए ।
जिल्लाका बोईलर कुखुराको बिक्रि बितरण समेत प्रभावित भएका कारण किसान मारमा परेका छन् । सरकारले स्थानीय बजार केही समयका लागि खुल्ला गरेर अण्डा तथा मासुको ब्यापारमा केही सहजता ल्याउनुपर्ने संघका अध्यक्ष पाण्डेको भनाइ रहेको छ ।
रौतहट जिल्लाका करिब एक लाख ८० हजार तयारी बोईलर कुखुरा रहेको र ती कुखुराले बजार नपाएमा अवको केही दिनमा कुखुरा खाल्डो खनेर पुर्नुपर्ने अवस्था आउने भएका कारण यस बिषयमा सरकारले ध्यान दिनुपर्ने पाण्डेको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here