अशोक पहाडी
रौतहट,२७ चैत ।
चन्द्रनिगाहपुर सिटि जेशिजको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिकामा किटनासक औषधी छर्कने काम भएको छ । बिहिबार चन्द्रनिगाहपुर सिटि जेशिजले चन्द्रपुर नगरपालिकामा पर्ने पुर्व पश्चिम राजमार्गको दुबै किनारा तथा चन्द्रनिगाहपुर गौर सडक खण्डको मोथियाही पुल सम्म किटनासक औषधी छर्केको हो । रौतहट क्षेत्रनं ४ का संघिय सांसद देव प्रसाद तिमलसिनाले किटनासक औषधी सहयोग दिएको र बृन्दावन नगरपालिकाले टेयाङकी सहयोग गरेको चन्द्रनिगाहपुर सिटी जेशिजका पुर्व अध्यक्ष अनन्त अधिकारीले जानकारी दिएकाछन् ।
विश्वमा महामारीका रुपमा फैलदो अवस्थामा रहेको कोरोना भईरसको संक्रमणका बेला नगरका बासिन्दा मच्छर आतंकमा रहेका कारण मच्छर मार्ने किटनासक औषधी छर्केको चन्द्रनिगाहपुर सिटि जेशिजका अध्यक्ष दिलिप सापकोटाले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here