रुपेन्द्र पटेल, २७ चैत्र ।
रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेपछि बिहीबार वडा नं—२ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडा अन्तरगत धनगढीको श्री लक्ष्मी बासुदेव प्रबि स्कुलमा राहत वितरण कार्य सुरु गरेको वडा अध्यक्ष सिकिन्द्र पटेलले बताएका छन । अध्यक्ष पटेलले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी समेत कायम गरेर राहत वितरण्न गरेको हो । राहत वितरण कार्याक्रमा बृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादव, नेकपाका प्रत्यासिल मेयर राम प्रसाद पटेल, कांग्रेसका पुर्व सभापति दिन दयाल पटेल, बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउत लगायत सञ्चारकर्मी र भद्र भलादमीले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी कायम गरेर सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here