आरके श्रीवास्तव ३ वैशाख । राैतहटकाे कटहरिया नगर भरिमा धमाधम राहत वितरण सुरु भएको छ । नगरपालिका काे वार्ड नम्बर ८ पिप्रा पाेखरियामा राहत वितरण गरिएको छ । विश्व व्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरसका कारण नेपाल सरकारले घाेषणा गरेकाे लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने,अति विपन्न गरिब परिवारलाई समस्या भईरहेकाे बेला नपा काे सहयोग बाट वार्डमा राहत वितरण गरिएको हाे । प्रति परिवार राहत स्वरूप चामल २५ किलो , दाल २ किलाे , नुन २ पैकेट, अालु ४ किलाे, प्याज १ किलाे , साबुन ४ पिस , खानेतेल २ लिटर वितरण गरिएको वडासचिव जयराम साहले बताए । अाज पिप्रा पाेखरिया टाेलमा २ सय जना मध्ये १२० जना लाई राहत वितरण गरिएको र भाेली वार्डकाे बलुअा टाेलमा बाँकी राहत वितरण गरिने वडाध्यक्ष नबद राय यादवले जानकारी गराउनु भएको हाे । यस अवसरमा वडा स्तरीय विपद व्यवस्थापन समिति का नेकपा प्रतिनिधि राधामाेहन यादव , शस्शत्र वेश क्याम्प का प्रतिनिधि ,ईप्रका कटहरियाका प्रतिनिधि शिक्षक प्रतिनिधि बिनाेद यादव,भुवनेश्वर यादव,सुखल यादव सहितका व्यतीहरूकाे उपस्थिति रहेकाे रविरंजन यादवले जानकारी गराउनु भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here